नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन विप्लवको चेतावनी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सोमबार विज्ञप्ति जारी गर्दै सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको नागरिकता सम्बन्धि विवादित अध्यादेशको विरोध जनाएका हुन् । पार्टीले सरकारले आफ्ना सत्तासंकट टार्न यो ऐन ल्याएको भन्दै चेतावनी समेत दिएको छ ।

‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिंदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ । त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने हुन्छ,’ विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘अतः हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार