थप ७४२५ जनामा संक्रमण पुष्टि, १८५ जनाको मृत्यु

नेपालमा सोमबार थप ७ हजार ४ सय २५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ पीसीआर र ६०७ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।

त्यस्तै थप ७ हजार १३५ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म तीन लाख ९८ हजार ४८३ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ लाख १५ हजार ४४७ सक्रिय संक्रमित रहेका छन् भने ९२४ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २९ लाख ३६ हजार ३१४ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार