आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवाले गरे हस्ताक्षर

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका छन् । सभापति देउवाले विधानको धारा ७६ (५) अनुसार आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने दाबीसहित सर्वोच्चमा दायर गर्न लागेको रिटमा हस्ताक्षर गरेका हुन् ।

संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाले अन्तिममा हस्ताक्षर गरेका हुन् । विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् ।

सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गठबन्धनले आजै रिट दायर गर्दैछन् । केहीबेरमा प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट लिएर जाने प्रतिपक्षी दलको तयारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार