बार्सिलोनाको सहज जित

काठमाडाैँ- बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सेभियामाथि ३–० गोलको सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाको जितमा राफिन्हा, रोबर्ट लेवान्डोस्की र एरिक गार्सियाले एक एक गोल गरे । सेभियाको घरेलु मैदानमा बार्सिलोनाका लागि खेलको २१ औं मिनेटमा राफिन्हाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।

३६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ५० औं मिनेटमा गार्सियाले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए । जितसँगै बार्सिलोनाले ४ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित सेभिया १ अंक जोडेर १७ औं स्थानमा छ । शनिबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेलेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार