केन्यालाई नेपालको मध्यम लक्ष्य

दोस्रो एकदिवसीय खेलमा नेपालले घरेलु टोली केन्यालाई मध्यम रनको लक्ष्य दिएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा १० विकेट गुमाउँदै २३० रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेले । रोहितले ९५ बलमा ७ चौका प्रहार गरे।

ओपनर देव खनाल र अर्जुन साउदले ५.५ ओभरमा १९ रनको साझेदारी गरेका थिए । अर्जुन १६ बलमा ५ रन बनाउँदै आउट भए । खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए ।

ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए  । करण केसी ६ बलमा २ चौकासहित ११ रनमा आउट भए ।

केन्याका लागि भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले समान २/२ विकेट लिए ।  तीन एकदिवसिय अभ्यास सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार