केन्याले नेपाललाई दियो २१९ रनको लक्ष्य

काठमाडौं । घरेलु टोली केन्याले पहिलो एकदिवसीय खेलमा नेपाललाई जितका लागि २ सय १९ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २ सय १८ रन बनायो । केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय इनिङ खेले ।

पटेलले ६७ तथा ओबुयाले ६२ रन बनाए । ईफ्रान करिमले ३१ तथा सचिन बुदियाले २७ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३/३ विकेट लिए । आदिल आलम र पवन सर्राफले समान १/१ विकेट लिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार