फ्रान्सेली लिग फुटबलको उपाधि लिललाई

साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पछि पार्दै लिलले फ्रान्सेली लिगको उपाधि जितेको छ । आइतबार भएको अन्तिम चरणको खेलमा एन्जर्समाथि २(१ को जित दर्ता गर्दै लिल लिग च्याम्पियन बनेको हो ।

पिएसजीले आफ्नो खेलमा ब्रेस्टमाथि २–० को जित हासिल गरेपनि उपाधि भने हात पार्न सकेन । लिलले पिएसजीलाई १ अंकले पछि पार्दै आधिपत्य तोडेको छ ।

लिलले लिगको ३८ खेलमा ८३ अंक जोड्दा पिएसजी ८२ अंकमा सीमित भयो । लिलले २४ जित, ११ बराबरी खेल्दा ३ खेलमा मात्र हार बेहोर्यो । यता पिएसजीले भने २६ खेलमा जित हात पार्दै ४ बराबरी खेल्दा ८ खेलमा पराजय भोगेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार