केन्याद्वारा नेपालसामु १३१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । पाँच टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा केन्याले नेपाललाई सामान्य रनको लक्ष्य दिएको छ ।

जिमखाना क्लब मैदानमा चलिरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको हो ।

केन्याका लागि दुवै ओपर सस्तैमा आउट भएका छन् । ओपनरद्वय एलेक्स ओबान्डा र कोलिन्स ओबुयाले क्रमश ६ र १२ रन जोडे । विकेटकिपर इरफान करिमले ३४ रन बनाउँदा राकेप पटेलले ९, नेल्सन ओधियाम्बोले १९, सचिन भुडियाले १७, लुकास ओलुओचले ३०, नेहेम्याह ओधियाम्बोले १ रन बनाए । शेम न्गोचे डक आउट भए ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले समान एकरएक विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार