ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४  बजे बैठक बस्न लागेको हो।

बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिसमा गए राति आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकिसकेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार