जित सुनिश्चित गर्न माओवादीको चुनाव चिह्न रोजेँ : वामदेव गौतम

काठमाडौँ – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि माओवादी केन्द्रको चुनाव चिह्न रोजेको बताएका छन् ।

मंगलवार निर्वाचन आयोग पुगेका गौतमले एमालेको चुनाव चिह्न प्रयोग गर्दा हारिने भएको हुँदा माओवादीको चुनाव चिह्न प्रयोग गरेको बताए ।

नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको बताए । गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रुपमा रहने जिकिर गरे ।

उनले नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिष्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको जिकिर गरे । हँसिया हथौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसावले अरु सबै गठबन्धन र पार्टी भन्दा अघि रहेकाले माओवादीको चिह्नबाट जित्न सहज भएको उनको जिकिर छ ।

उनले इमान्दारिसाथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नै नरहेको जिकिर गरे । उनले गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तरपनि गठबन्धन अगाडि नै रहने दाबी गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार