प्रतिनिधि सभा दोस्रो पटक विघटन, कार्तिक २६ र मङ्सिर ३ मा निर्वाचन

सरकारले प्रतिनिधी सभा दोस्रोपटक भंग गरेको छ ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको हो ।
भर्खरै सम्पन्न मन्त्रिपरिषद बैठकले प्रतिनिधी सभा विघंठन गर्ने र कार्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव गर्ने निर्णय गरेको सुचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन ।
बैठकले कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकेर राष्ट्रपति समक्ष प्रतिनिधी सभा विघटनको सिफारिस गरेको मन्त्री गुरुङले बताए । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार