निर्वाचनको तयारीका लागि सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौँ — मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको तयारीका लागि सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहसचिव टेकनारायण पाण्डे र रक्षासचिव किरण शर्मासहित चारवटै सुरक्षा निकायका उच्च अधिकारी सम्मिलित बैठक गृह मन्त्रालयमा बसिरहेको छ ।

बैठकमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह‚ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधीकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारी सहभागी छन् । आगामी निर्वाचन तयारीका लागि बसेको यो पहिलो बैठक हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार