धनुषामा १२ हजार मतदाता थपिए

काठमाडौँ– गत वैशाखमा भएको स्थानीय निर्वाचन तहको निर्वाचनपछि धनुषामा १२ हजार १७ नयाँ मतदाता थपिएका छन् । जनकपुरधामस्थित निर्वाचन अयोगका प्रदेश कार्यालयका अनुसार जिल्लामा ६ हजार ९९८ पुरुष र ५ हजार १९ जना महिला गरि १२ हजार १७ नयाँ मतदाता थपिएका हुन् ।

थप गरिएको मतदातामध्ये ४५० जना अन्य जिल्लाका मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिए । बाहिर जिल्लाका ४५० मतदातामध्ये ३१२ पुरुष र १३८ महिला रहेका छन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसम्म धनुषामा ४ लाख ६७ हजार ३८८ मतदाता रहेका थिए । स्थानीय तहको निर्वाचनपछि जिल्लामा फोटोसहितको मतदाता नामावली बन्द गरिएको थियो । त्यसपछि गत १ असारदेखि पुन नयाँ मतदाता नामावली संकलन गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार