एन्फाकाे अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट पाँडे बर्खास्त

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट नवीन पाँडेलाई बर्खास्त गरेको छ । पहिलो बैठकबाट सर्वसम्मन अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त भएका पाँडैलाई एन्फाको दोस्रो बैठकले नै बुधबार बर्खास्त गरेको छ ।

असार ६ गतेको निर्वाचित कार्यसमितिको पहिलो बैठकले पाँडेसँगै किरण राईलाई महासचिव र रविन्द्र जोशीलाई महासचिव नियुक्त गरेको थियो ।

एन्फा मुख्यालयमा बुधबार बसकेको कार्यसमितिको बैठकले पाँडेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट हटाएर एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको सल्लाहकार मनोनयन गर्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार