शीलतनिवासमा राष्ट्रपतिलाई कुर्दै नेताहरु, माधव नेपाल पनि उपस्थित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर शीतलनिवास पुगेका विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपतिलाई भेट्ने समय कुरेर बसिरहेका छन् ।

१४९ जना सांसदको हस्ताक्षर बोकेर सरकारको दाबी गर्न चार दलका शीर्ष नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको बाबुराम भट्टराई उपेन्द्र यादव पक्षका सांसदले देउवालाई समर्थन गरेका छन् । राष्ट्रपति कार्यालयमा पुगिसके पनि राष्ट्रपतिसँग भेट हुन बाँकी रहेको र प्रतिक्षा गरिरहेको एक नेताले जानकारी दिए । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि शीतल निवास पुगेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार