जबराविरुद्धको महाअभियोग यही संसदबाट टुंगो लाग्छ : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग यही संसदबाट टुंगो लाग्ने बताएका छन् ।

संसद बाहिर मंगलबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानीमा उनले प्रधानन्यायाधीशविरुद्धको महाभियोगको टुंगो लगाउनुपर्ने बताएका हुन्।

उनले समितिले छिटै अध्ययन र अनुसन्धानका काम गरेर आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा माओवादी केन्द्र आशावादी रहेको बताए। ३ महिना भनेको अधिकतम समय भएको उल्लेख गर्दै यसलाई टुंगोमा पुर्‍याउने गरेरै महाअभियोग अघि बढाइएको बताए।

‘प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्ध महाअभियोग प्रक्रियामा गइसकेको छ। समिति पनि पहिले नै गठन भइसकेको छ। समितिमा छलफल गरेर समितिले छिटै अध्ययन र अनुसन्धानका कामहरू जुन उसको जिम्मेवारी हुन्, त्यो छिटै पूरा गरेर सिफारिश गर्छ भन्ने हाम्रो अपेक्षा छ‚’ उनले भने, ‘यो कुरा अहिलेकै संसदले टुंगो लगाउनु पर्छ। जुन निर्णयमा पुगे पनि अहिलेको संसदमै पुग्नुपर्छ। ३ महिना भनेको अधिकतम समय हो। यसलाई टुंगोमा पुर्‍याउने गरेरै ल्याएको हो।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार