अब स्मार्ट लाइसेन्स प्रदेशमै छापिने

काठमाडौं । प्रदेशहरुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा एकै किसिमबाट लिने भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातवटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातको अन्तरतह समन्वय बैठकले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार परीक्षा लिने निर्णय गरेको हो ।

यातायात मनत्रालय स्रोतका अनुसार १ जेठ २०७८बाट लागू हुने गरी यातायात व्यवस्था विभागले जारी गरेको अंकभारमा आधारित प्रणालीको लाइसेन्स परीक्षा लिन सबै प्रदेश सहमत भएका हुन् ।

अब सबै प्रदेशमा लिखित र प्रयोगात्मक  दुवै परीक्षाको मोडालिटी एकैनासको हुनेछ । पुरानो प्रणालीअनुसार प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक-फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार