बुमराहले एसिया कप खेल्न नपाउने

काठमाडौं । भारतका तिब्र गतिका बलर जसप्रित बुमराहले एसिया कप क्रिकेट २०२२ गुमाउने भएका छन् ।चोटका कारण बलर बुमराहले एसिया कप क्रिकेट गुमाउने भएका हुन् ।

युएईमा आयोजना हुने एसिया कप अगस्ट २७ बाट सूरु हुदैछ । भारतले घोषणा गरेको एसिया कप खेल्ने टोलीमा समेत उनी अटाएका छैनन् । मेरुदण्डमा समस्या देखिएपछि उनी आराममा रहेका छन् ।

प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।  प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार