कोरोनाबाट बाबु आमा गुमाएका बच्चालाई शिक्षा निःशुल्क गर्न गान्धीको माग

Sunrise Bank Middle Size

भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनीया गान्धीले कोरोनाका कारण बाबुआमा गुमाएका बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गरेकी छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहीबार पत्र लेख्दै भारतको प्रमुख प्रतिपक्षी दलकी अध्यक्ष गान्धीले कोरोनाका कारण बावुआमा दुवै गुमाएका वा कमाउने व्यक्ति गुमाएका बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गरेकी हुन् ।

“कोरोनाभाइरसको महामारीले धेरैलाई नकारात्मक असर पारेको छ, तर आफ्ना बाबुआमा गुमाएका बालबालिकाहरु थप समस्यामा छन्, त्यसैले उनीहरुका लागि विषेश व्यवस्था गर्नुपर्दछ,” गान्धीले पत्रमा उल्लेख गरेकी हुन् ।

कोरोनाका कारण अविभावक गुमाएकै कारणले कुनै पनि बालबालिका शिक्षा लिनबाट बञ्चित हुनु नहुनेमा उनले जोड दिएकी छन् ।

उनले आफ्ना श्रीमान् राजिव गान्धीको सक्रियतामा स्थापना भएको नवोदय विद्यालयमा त्यस्ता बालबालिकाहरुलाई निःशुल्क पठन पाठनको व्यवस्था गरिने पनि बताइन् ।

उनका अनुसार त्यस विद्यालयले उच्च गुणस्तरीय शिक्षा दिँदै आएको छ भने देशभरी ६६१ शाखा विद्यालयहरू रहेका छन् । गरिब तथा जेहेन्दार र प्रतिभाशाली विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिने उद्धेश्यले यस विद्यालयको स्थापना गरिएको पनि अध्यक्ष गान्धीले पत्रमा चर्चा गरेकी छन् ।

“नवोदय विद्यालयका शाखा विद्यालयहरुमा बाबुआमा गुमाएका सबै बालबालिकाहरूलाई निःशुल्क अध्ययनको व्यवस्था हामीले मिलाउने भएका छौँ, त्यसका लागि समन्वय गरिदिनुहुन मैले यो पत्र लेखेको हुँ,” उनले पत्रमा उल्लेख गरेकी छन् ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...