काभ्रेमा रूखमा बाँधेर आगो लगाएको अवस्थामा युवकको शव भेटियो

काभ्रेमा एक युवकको क्रुरतापूर्वक हत्या भएको छ। शुक्रबार बिहान साढे ८ बजे पाँचखाल नगरपालिका वडा नम्बर ४ मेलम्ची जिरोकिलोमा एक युवक मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

सडकबाट करिब ५० मिटर तल बिराजे खोल्चा वनमा एक पुरूषलाई मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला परेको डिएसपी श्रेष्ठले बताए।

करिब २५ वर्षीय मृतक युवकको पहिचान खुलेको छैन। शव करिब २५र२० दिन अगाडिदेखि नै रहेको हुनसक्ने प्रहरीको भनाइ छ। शव सडिसकेको अवस्थामा छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार