पोखराको अमरसिंहचोकमा पार्किङ गरिराखेको गाडीमा लगेर सामूहिक बलात्कार

कास्की प्रहरीले सामूहिक बलात्कारमा संलग्न तीनजना व्यक्तिलाई पक्राउ गरी कानूनी कार्वाही अगाडि बढाएको छ।

पक्राउ पर्नेहरुले पोखरा १०,अमरसिंहचोकमा भेटिएकी एक महिलालाई फकाएर खाजा खान जाऊँ भन्दै अमरसिंहचोककै खेलकुद मैदानमा रहेको ग १ ख ६५९५ नम्बरको  पार्किङ गरिराखेको  बसमा पुर्‍याएका थिए।

घटना वैशाख २४ गते रातिको हो। बसमा पुर्‍याएपछि उनीहरुले ती महिलालाई बियर खुवाएको र सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्माका अनुसार प्रहरीले घटनामा संलग्न कास्कीको मादी गाउँपालिका ९ स्थायी घर भइ हाल अमरसिंहचोक बस्ने ३६ वर्षीय चन्द्रबहादुर थापा,मादी १२, भगवतीटार घर भएका ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियारलाई पक्राउ गरेको छ।

उनीहरुलाई २५ गते बिहान ४ बजेतिर वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरूविरुद्ध सामूहिक बलात्कारको मुद्दाअन्तर्गत कारवाही अगाडि बढाइएको डीएसपी शर्माले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार