कोरोना खोप उपलब्ध गराइदिन बेलायती राजदूतलाई प्रधानमन्त्रीको अनुरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसँग कोरोना खोप सहयोग मागेका छन् ।

बिहीबार सिंहदबारस्थित प्रधानमन्त्री कार्यकक्षमा बेलायती राजदूत निकोला पोलिटसँगको भेटमा उनले नेपाली नागरिकका लागि एस्ट्राजेनेकाको खोप उपलब्ध गराइदिन अनुरोध गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार प्रधानमन्त्री ओली र राजदूत पोलिटबीच दूई देशको आपसी सम्बन्ध र विशेष गरी कोभिड-१९ विरूद्धको लडाइँमा सहयोग आदान-प्रदान गर्नेबारे छलफल भएको थियो ।

ओलीले अहिलेसम्मको सहयोगका लागि राजदूतमार्फत बेलायत सरकारप्रति आभार पनि व्यक्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार