अर्थमन्त्री प्रकरण : समितिले प्रतिवेदन लेखनलाई अन्तिम रूप दिने

'आज समितिको बैठक बस्ने तयारी, प्रतिवेदन भोलि बुझाउने'

काठमाडौँ– बजेटमा करका दर हेरफेर बारे छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिले आज प्रतिवेदन लखेनका काम सक्ने भएको छ ।

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित सो समितिको थपिएको म्याद आज सकिँदैछ। आज राति अबेरसम्म प्रतिवेदनको काम सकेर भोलि बुझाउने समितिले तयारी गरेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

बिहीबार मध्याह्न साढे १२ बजे समितिको औपचारिक बैठक बस्दैछ। त्यसअघि सर्वसम्मत प्रतिवेदन तयार गर्न सांसदहरूबीच अनौपचारिक छलफल हुने पनि बताइएको छ। औपचारिक र अनौपचारिक रूपमा छलफल भइरहेकाले सर्वसम्मत प्रतिवेदन बनाउने प्रयास भइरहेको सचिव अर्यालले बताए।

थपिएको म्याद आज सकिने भएपछि हिजो लगातार ६ घण्टा समितिको बैठक बसेको थियो। मंगलबार नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट हेरेर विज्ञको सुझाव लिएको समितिले हिजोदेखि प्रतिवेदन लेख्न थालेको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार