संसदीय समितिले सोध्यो एसपीपीबारे अमेरिकालाई पत्र नलेख्नुको कारण

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ ।

सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरेर परराष्ट्र मन्त्रालय मार्फत अमेरिकालाई पत्राचार गर्ने बताएको थियो । त्यस अनुसार गृह मन्त्रालयले मन्त्रिपरिषदको निर्णय परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ । तर परराष्ट्र मन्त्रालयले हालसम्म अमेरिकालाई पत्र पठाएको छैन ।

सोही विषयमा छलफल गर्न बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पत्र किन नपठाएको भनी प्रश्न गरेको हो ।समितिले एसपीपीबारे आदान प्रदान भएका सबै दस्तावेज पनि रक्षा मन्त्रालयसँग माग गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार