कलंकीमा ढुङ्गा प्रहारबाट एकको हत्या, २१ वर्षीय दिनेश पक्राउ

काठमाडौँ महानरगपालिका–१४ कलङ्कीमा अपरिचित व्यक्तिले प्रहार गरेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ । पहिचान नखुलेका अन्दाजी ५० वर्षका एक पुरुषको आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

टाउकोमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएका उनको शहीद मेमोरियल अस्पताल कलङ्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको हत्यामा संलग्न भएको आरोपमा २१ वर्षीय दिनेश थापालाई प्रक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए ।

यता ललितपुर महानगरपालिका–१८ मञ्जुश्री टोलस्थित वाग्मतीमा अन्दाजी ६० वर्षका एक पुरुष मृत फेला परेको र उनको पहिचान नखुलेको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार