अर्थमन्त्री जनार्दन शर्माले देलान् त राजीनामा ?

काठमाडौं । बजेट निमार्णका बेला नीतिगत भ्रष्टाचार गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको चौतर्फी आलोचना भएको छ । पार्टी भित्रैका केही नेताहरुले समेत अर्थमन्त्री जनार्दन शर्माको विरोध गरेका छन् । भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राजीनामा माग गरेको छ ।

यो विषयमा अर्थमन्त्री शर्माले आज संसदमा जवाफ दिने कार्यसूची रहेको छ । यस अघि आज बिहानै माओवादीका शीर्ष नेताहरुको बैठक बसेको थियो । उक्त बैठक अर्थमन्त्रीकै विषयमा केन्द्रित थियो । बैठकमा कुनै गल्ती नै नगरेकाले अर्थमन्त्रीले राजीनामा दिइरहनुनपर्ने निष्कर्ष निकालिएको एक नेताले बताए । प्रतिपक्षी एमालेसँग छलफल गरेर संसदीय छानबिन समितिसम्म निर्माण गर्ने आफूहरूको बटमलाइन रहेको प्रचण्डले बताएका थिए ।

यता शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ । एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन हुने भएको हो ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग गरेको थियो । त्यसैअनुसार समिति गठन हुने भएको हो ।संसदीय छानविन समिति ६ सदस्यीय हुने बताइएको छ ।

संसदीय समिति गठन हुने भएपछि छानबिनका लागि अर्थमन्त्रीले मार्ग प्रशस्त गर्न सक्ने उनी निकट स्राेतले बताएकाे छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार