सुशासन समितिमा सभापति न्यौपाने र गंगा चौधरीबीच चर्काचर्की

नेकपा एमालेकी सांसद गंगा चौधरीले इन्स्पेक्टरसम्मको सरुवा, बढुवा गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने बताएकी छन् । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद चौधरीले प्रदेशको अधिकारलाई केन्द्रबाट खोस्न नहुने र इन्सपेक्टरसम्मको सरुवा, बढुवाको अधिकार प्रदेशलाई दिन माग गरेकी हुन् ।

उनले अहिलेसम्म प्रदेशलाई सिपाहीलाई समेत सरुवा गर्ने अधिकार नरहेको भन्दै यो कुरा संघीय संरचनाको बिरुद्धमा भएको बताइन् । सांसद चौधरीले १० वर्षे जनयुद्धताका विभिन्न त्रास देखाएर जागिर छोड्न बाध्य बनाएकालाई उमेर हद ननाघिसकेका व्यक्ति हेरेर प्रदेश प्रहरी र केन्द्रीय प्रहरीमा भर्ती गर्नुपर्ने बताइन् ।

सांसद चौधरी र वरिष्ठताका आधारमा सभापतित्वको भूमिका निभाएका सांसद मुकुन्द न्यौपाने बीच समितिमै भनाभनसमेत भएको थियो । बैठकमा सभापति न्यौपानेले प्रतिनिधि सभाको बैठक रहेकोले समय घटाएर बोल्न भनेपछि सांसद चौधरीले समय नभए किन बोलाउनुभएको रु भन्दै प्रश्न गरिन् ।

उनीहरुको सवाल जवाफ यस्तो छ:

सांसद चौधरी : संसद छ भने भोलि बैठक बोलाउनुस् ।

सभापति : तपाई छोटो बोल्नुस् ।

चौधरी : हामीलाई किन बोलाउनु भयो त ? हामीलाई संशोधन नहाल्नुस् भन्नुपर्थ्यो नि त । हाम्रो आफ्नो कुरा राख्न दिनुहुन्न ? आज नभ्याए अर्को दिन बोलाउनुस् न बैठक ?

सभापति : एक घण्टा बोलिरहन पाए डिस्टर्ब नहुने रु आफूलाई सुधार्नुस् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार