हराइरहेका मानबहादुरको शव जंगलमा फेला

पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको ६५ वर्षीय मानबहादुर घलानको शव जंगलमा फेला परेको छ । मनहरी गाउँपालिकाको वडा नम्बर १ को मकरीस्थित भोर्लेटाँडी जंगलमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घलान शनिवारबाट बेपत्ता भएका थिए ।

खोजी गर्ने क्रममा घलान मृत फेला परेका हुन् । जंगलमा भीरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ । शवलाई पोस्टमार्टमको लागि जिल्लाको हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार