ओली-नेपाल वार्ता : १० सदस्यीय कार्यदल गठन

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीको कार्यकक्षमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री नेपालबीच भएको वार्तामा एमालेको कार्यदल गठन भएको छ । कार्यदलमा दुबै पक्षका ५/५ नेता छन् ।

जसमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे , रघुजी पन्त र गोकर्ण विष्ट छन् । त्यस्तै ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली,  शंकर पोखरेल र विष्णु रिमाल छन् । कार्यदललाई तीन दिनको समय दिने र सो कार्यादलले नै खाका तयार पार्ने बैठकपछि नेता नेपालले जानकारी दिएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार