मिचेल स्टार्कले बीबीएल नखेल्ने

काठमाडौं । अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्कले बिग बास लिग (बीबीएल) नखेल्ने भएका छन् । बीबीएलको १२ औं संस्करण आगामी डिसेम्बरदेखि सुरु हुँदैछ । तर अष्ट्रेलियन तिव्र गतिका बलर स्टार्कले भने बीबीएल नखेल्ने बताएका छन् ।

आगामी जनवरीमा दक्षिण अफ्रिका विरुद्ध हुने एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला रद्द हुने प्रक्रियामा रहेकोले मल्टी फर्म्याट स्टार स्टार्कले दोस्रो चरणमा खेल्ने अनुमान थियो । तर स्टार्कले यस सिजन कुनै पनि समयमा बफू बीबीएलमा नदेखिने बताएका हुन् ।

३२ वर्षीय स्टार्कले सन् २०१४–१५ मा पछिल्लो पटक सिड्नी सिक्सर्सबाट बीबीएल खेलेका थिए । त्यसयता उनले बीबीएल खेलेका छैनन् ।

‘जब मैले बीबीएल खेल्थेँ मैले रमाइलो गरेँ ।..तर विगत सात वर्षमा सबै फ्रेन्चाइजी क्रिकेटसँग मेरो दृष्टिकोण परिवर्तन भएको छैन’, स्टार्कले गालेमा एएपीलाई भने । स्टार्कले अष्ट्रेलियाको लागि आफू फिट भएर राम्रो प्रदर्शन गर्न चाहेको बताए ।

‘मैले अष्ट्रेलियाको तालिका हेरेको छु र त्यसका लागि सकेसम्म फिट र राम्रो प्रदर्शन गर्न चाहन्छु । र फ्रेन्चाइज क्रिकेटलाई अली पछाडि राखेको छु’, अव्यवस्थित अन्तर्राष्ट्रिय तालिकाको बीचमा स्टार्कको भनाइ आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार