एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्दै

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । समसामयिक विषयमा आफ्ना धारणा राख्नका लागि ओलीले सभामुख अग्निप्रसाद सापकोटासँग समय मागेका हुन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले समसामयिक राजनीतिक र अन्तर्राष्ट्रिय विषयमा आफ्ना धारणा राख्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले समय मागेको जानकारी दिए ।

यसअघि ओले जेठ १२ गतेको बैठकमा आफ्ना धारणा राखेका थिए । उनले त्यतिबेला स्थानीय तहको निर्वाचन लगायतका बारेमा आफ्ना धारणा राखेका थिए । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार