जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि विप्लव निकट विद्यार्थीले दले कालोमोसो

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले कालोमोसो दलेको छ । शुक्रबार पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै उक्त समूहले कालोमोसो दलेका हुन् ।

देशैभरि सरकारी विद्यालयहरुमा पाठयपुस्तकको चरम कृतिम अभाव गराउने काम जनकशिक्षाकै अधिकारीबाट भएको विप्लव निकट विद्यार्थी संगठनको आरोप छ । महासचिव ललित बिश्वकर्माले विभिन्न ६ बुँदे आरोपसहित कालोमोसो दलिएको बताए ।

देशभर नै पाठयपुस्तकको चरम अभाव गराएको, चरम भ्रष्टाचार गरेको, कागज खरिदमा चरम अनियमितता गरेको, निजी शैक्षिक संस्थासँग मिलेर जनक शिक्षा सामाग्री केन्द्र डुवाउने खेलमा लागेको, जनताका छोराछोरीको भविष्यमाथि चरम खेलवाड गरेको जस्ता आरोप पनि अखिल क्रान्तिकारीले लगाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार