कोरोनाका कारण एमाले नेता पशुपति चौलागाईँको निधन

बाग्मती प्रदेशसभा सदस्य एंव नेकपा एमालेका नेता पशुपति चौलागाईँको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । नेता चौलागाईँको मनमोहन अस्पतालस्थित मंगलबार (आज) राती १० बजे निधन भएको हो ।

दोलखाका चौलागाईं कोरोना संक्रमणपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गराइरहेका थिए । एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाईं दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार