देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने काँग्रेसको निर्णय

जसपा र माधव नेपालको समेत सहयोग लिने

नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउनका लागि आवश्यक समर्थन जुटाउन अन्य दलसँगको छलफलाई तीव्रता दिने निर्णय गरेको छ ।

काँग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयसीमा भित्र देउवाको नेतृत्वमा सरकार बनाउनका लागि अन्य दलसँगको छलफललाई तीव्रता दिने निर्णय गरेको हो ।

काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास पनि लिएको छ । नयाँ सरकार गठनका लागि जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

महतले माओवादी केन्द्र काँग्रेसलाई सघाउने बारे स्पष्ट रहेको र अन्तिम समयसम्ममा जसपा पनि एकजुट हुने विश्वास व्यक्त गरे । तीन दल एकठाउँमा आए स्वतस् बहुमत पुग्ने र त्यसो नभए अरु तरिका पनि रहेको उनले बताए ।

यस्तै एमालेकै माधव कुमार नेपाल समूहले तोकिएको समयभित्र एउटा निकास दिने भएकाले पार्टीको नेतत्वमा सरकार बन्ने पर्याप्त आधार रहेको उनले बताए । एमालेभित्र पनि असन्तुष्ट रहेको र माधवकुमार नेपाल समूह मतदानमा सहभागी नभएको भन्दै उनले भने, एमालेभित्र पनि असतुष्टि छ, उहाँहरु पनि केही निर्णयमा पुग्न सक्नहुन्छ ।’

पदाधिकारी बैठकमा देउवाले सरकार निर्माणका लागि माओवादी अध्यक्ष प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव लगायतका विभिन्न पक्षसँग भएका छलफलबारे जानकारी गराएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार