नेपालीले बिदेशमा नागरिकता लिँदा नेपाल र नेपालीलाई फाइदैफाइदा

एनआरएनको सिधा अर्थ मैले बुझे अनुशार नेपालमा नबस्ने नेपाली हो । नेपाली शब्द भुलिसकेका, सरोकार नभएका नेपाली होइननन । कुनै पनि नेपाली नागरिकलाई नेपालमै बस्ने वा बिदेशमा बस्ने अधिकार संविधानले दिएकोछ । कुन नेपाली कति दिन वा वर्ष बिदेशमा बसेको भन्ने आधारमा कसैलाई नेपालमा नबस्ने नेपाली किन भनि रहनु पर्यो? के अधिकार छ नेपालको सरकार वा कुनै ? १८३ दिन वा दुइ वर्ष बिदेशमा बस्यो भन्दैमा नेपालको नागरिक नेपालीलाई गैर आवाशीय नेपाली भनेर वर्गीकृत गरेर उनीहरुको नागरिक अधिकार फरक हुने कानुन बनाउने ? 

एनआरएनशब्दले बिदेशमा रहेका विदेशको नागरिकता लिअका वा नलिएका दुवै थरिका नेपालीलाई इंगित गर्छ । बिदेशमा रहेका तर विदेशको नागरिकता नलिएका नेपालीको हक अधिकार र परिचय नेपालमै रहेका नेपालीको भन्दा फरक हुँदैन । यदि एन आर एन र एनआरएन संस्था नेपाली नागरिकता भएको बिदेशमा रहेको नेपाली वा तिनीहरुले नेपालमा दर्ता गर्न खोजेको संस्था हो । त्यो नेपालीको आफ्नै संस्था हो । र यस्तो संस्थानेपालमै रहेका नेपालीको कुनै संस्था भन्दा फरक ठान्नु सहि होइन । तर एन आरएन भनिने ब्यक्ति विदेशको नागरिकता लिएको नेपाली हो भन्ने कुरा र ब्यबस्था फरक हुन् सक्ला । यो कुरामा पनि धेरै “तर”हरु लाग्न सक्छ ।

नेपालको सरकार र नेताहरुले सार्क बाहेकको मुलुकको नागरिकता लिएको नेपालीहरु नेपाल फर्के पनि तिनीहरुले राजनैतिक अधिकार नपाउने भन्दै आएकोछ । भारतको नागरिकता भएका लाखौ लाख भारतीयलाई नेपालको नागरिकता मात्र सिफारिसको भरमा दिने र नेपालको तराइ जस्तो भूभागलाई नेपालको भुमि नै होइन भन्नेलाइ नेपालको राजनैतिक दल बनाउन दिने नेपालको सरकार र नेताहरुले “सार्क”शब्द त सिधै “भारत शब्द प्रयोग गर्न नसकेकोले मात्रै हो ।

नेपालमा बसोबास गर्दै आएको भारतीय मुलकालाइ नागरिकलाई नेपालमा आफ्नै नेपाली नागरिक सरह सुबिधा हक र अधिकार दिलाउन भारतले दिएको दवावलाई नतमस्तक गरेर स्विकार्ने यि नेताहरु र तिनीहरुको सरकारले तेश्रो मुलुकमा बस्ने नेपालीलाई दिन नसकिने भनिएको सबै अधिकार अर्को गोजी भित्र भारतको नागरिकता भएकालाइ भारतीय मुलकै व्यक्तिहरुलाई मात्रै दिएकोछ । सार्क मुलुकमा बस्ने अरु त अरु नेपाली मुलको व्यक्तिहरुलाई पनि दिएको छैन ।

नेपालीहरु बसोबास गर्दै आएको तेश्रो मुलुकहरुमा कुनै कुनै मुलुकले “दोहोरो नागरिकता” लाइ मान्यता दिएको छ । त्यस्तो मुलुकको नागरिकता लिने नेपालीले आफ्नो नेपालको नागरिता त्यागेको पनि हुँदैनन् ।

फेरी नेपालमा रोजगारी र अवसर नापाएकोले बाध्य भै बिदेशमा बसोबास गरेको नेपालीले विदेशको नागरिकता बिदेशीनै बन्नको निमित लिएको पनि हुँदैन । मात्र विदेशको नागरिकता पनि लिएमा थप सुबिधा लगायत नेपालमै बसेर विदेशको सरकारले दिने निबृति भत्ता बुझी लिन पाउने भएकोले मात्रै विदेशको नागरिकता लिएको हुन्छ । बिदेशमा काम गर्ने प्रत्यक नेपालीले अवकाश पछि अबकास भत्ता पाउनको निमित आफ्नो कमाईको ठुलो भाग “कर’को रुपमा त्यहाँको सरकारलाई बुझाएको हुन्छ । अवकाश पछि सो कर तिरे बापत पाउने अबकास भत्ता नेपालमै बसेर लिनको निमित त्यहाँको नागरिकता लिन बाध्य छन् नेपालीहरु । विदेशको सरकारले दिने यस्तो अवकास भत्ता नेपालमै बसेर लिन पाएमा नेपालको निमित्त केहि गर्न सक्ने हुन्छ भनेर सोचेरै नेपालीले विदेशको नागरिकता पनि लिएको हुन्छ ।

यसरि बिदेशमा बसेर पनि नेपाल र नेपालीकै निमित्त समर्पित हुन नेपालीलाई “नेपाली” शब्द देखि पनि घिनाउने अर्को गोजीमा भारतको नागरिकता राख्ने बिहारी” भन्दा निम्न श्रेणीमा राख्न खोज्ने नेताहरु र तिनीहरुको सरकार सित कस्तो बार्ता र कस्तो ब्यबहार गर्नु पर्छ भन्ने कुरामा एनआरएन संस्था लाग्नु पर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार