भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुरमा टिपरले एक स्कुटरलाई ठक्कर दिँदा चालकको ज्यान गएको छ । सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंँदा भक्तपुर सूर्यविनायक नगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।

अरनिको राजमार्गको जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको लु२ख ४५८८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको वाग्मती प्रदेश–०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिंँएको थियो । घाइते सुवालको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

टिपर चालक लमजुङ बेंसीशहर गाउँपालिका–११ घर भई काभ्रेपलाञ्चोक, बनेपा बस्ने ३५ वर्षीय टार्जन गुरुङ र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार