ट्विनअटर विमान दुर्घटनामा मृत्यु हुनेहरुको शव एकैपटक बुझाइने

तारा एयरको ९ एन– ‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका २२ जनाको शव पोष्टमार्टम गरिँदैछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव पोष्टमार्टम भइरहेको छ । जेठ १५ मा पोखराबाट उडेको ट्विनअटर सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

अहिलेसम्म १० वटा शवको पोष्टमार्टम सकिएको छ । पोष्टमार्टम सकिएपछि एकैपटक मृतकका आफन्तहरूलाई शव हस्तान्तरण गरिने प्रहरीले बताएको छ ।

त्रिवि शिक्षण अस्पतालले प्रहरीको सहयोगमा शवलाई नम्बर अनुसार छुट्याएर पोष्टमार्टम गरिरहेको छ । अनुहार चिन्न नसकिने शवहरूलाई आफन्तको सहयोगमा कपडा र खतको आधारमा पहिचान गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार