जनताको जीवनरक्षा पहिलो प्राथमिकतामा : प्रधानमन्त्री ओली

उपचारका सामाग्रीहरुमा भएको भ्रष्टाचारको काम क्षम्य नहुने ओलीको भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीमा जनताको जीवन रक्षा पहिलो प्राथमिकता रहेको बताएका छन् । सोमबार दिउँसो दोस्रो पटक बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो विषम् परिस्थितीमा कोभिडविरुद्धको औषधि लगायत उपचारका सामाग्रीहरुमा भएको भ्रष्टाचारको काम क्षम्य नहुने बताए ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने कार्य भएको बताएका छन् । उनले कोभिडविरुद्धको लडाइमा रहेको बेला प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने कार्य भएको बताएका छन् । ‘मलाई अच्चम लाग्छ, हामी कोभिडविरुद्धको लडाइमा छौं । तर, कतिपय पक्षमा र कर्नरमा प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने, कोभिडविरुद्धको औषधि खरिदमा भएका भ्रष्टाचारको नाममा कुरा उछाल्ने, हुँदै नभएका कनेक्सन अनुचित ढंगले खेदाउने खालका क्रियाकलाप भएको छ,’ प्रधानमन्त्रीले भने ।

ओलीले वर्तमान सरकारले राष्ट्रियता, सार्वभौमसत्ता र उपलब्धिका पक्षमा अहिलेसम्मकै व्यवहारिकरुपमा सुदृढ काम गरेको दाबी गरेका छन् । उनले यस्तो सरकारलाई विश्वासको मत नदिनुको अर्थ के हुन्छ, भन्दै प्रधानमन्त्री ओलीले औचित्यको आवश्यकताका आधारमा विधिन्न विधान र कानुनका मस्यौदाहरु पनि परिवर्तन गर्न सकिने बताउँदै संविधान अपरिवर्तनीय दस्ताबेज नभएको पनि बताए ।

दशकौंदेखिको हिंसाको राजनीतिले आममानसमा त्रास र भय पैदा गर्दै आएकोमा आगामी दिनमा शान्तीपूर्ण राजनीतिक गतिविधिमा जोड दिइनुपर्ने उनको धारणा छ । यससँगै उनले वर्तमान सरकारलाई समर्थन वा विश्वसाको मत नदिनुपर्ने कारण नभएको समेत प्रष्ट पारेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार