१५ मिनेटपछि बस्ने गरि संसद बैठक स्थगित

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई संसदको विश्वास छ भनि स्पष्ट पार्न विश्वासको मत लिने प्रस्तावको सूचना जानकारी गराइएको छ ।

सोमबार बसेको संसदको बैठकमा सभामुख अग्नी सापकोटाले विश्वासको मत लिने प्रस्तावको सूचना पढेर सुनाएका थिए । त्यसअघि बैठकमा सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए । त्यसपछि सदनको अध्यक्षता गर्ने सदस्यहरु मनोनयन गरेर बैठक १५ मिनेृटका लागि स्थगित गरिएको छ । अब बस्ने बैठकमा नेताहरुले बोल्नेछन् । अनि विश्वासको मतमा मत विभाजन हुने कार्यसूची छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार