माधव समूहका सांसदले राजीनामा नदिने, संसद बैठकमा उपस्थित नहुने

नेकपा एमालेको माधव नेपाल समूहको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा उपस्थित नहुने निर्णय गरेको छ ।

नेपाल पक्षका नेताहरुको सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । ‘हामीले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेका छौं’, रावलले भने ।

सांसदहरुको बैठकमा सांसदहरुले आफ्ना धारणा राख्नेक्रममा केही सांसदले राजीनामा दिनुपर्ने र केहीले राजीनामा नदिएर बीचको बाटो खोज्न सुझाव दिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार