रुसलान एफएम ९५.२ पुनः सञ्चालनमा

केही समय देखि कोभिडको कारणले सञ्चालन रोकिएको रुसलान एफएम ९५.२ पुनः सञ्चालनमा आएको छ । गीतलाई मात्र प्राथमिकता दिने रुसलान एफएम ९५.२ फेरी श्रोतामाझ फर्किएको हो । सर्वाधिक रुचाईएको नयाँ तथा पुराना सङ्गीतकर्मीहरूको रचना नेपाली श्रोतामाझ पु-याई रहेको रुसलान एफएम ९५.२ ले नेपाली सङ्गीतकर्मीहरूलाई विशेष ठाउँ प्रदान गरी आइरहेको छ । नेपाली गितका साथसाथै रुसलान एफएम ९५.२ मा लोकप्रिय हिन्दी तथा अंग्रेजी गितहरु पनि सुन्न सकिने छ ।

“पहिला भन्दा भव्य तरिकाले संचालन हुने र हाम्रा श्रोताहरूको मनमा फेरी बस्ने सोच सहित कोभिड पश्चात् नयाँ र बेग्लै सोचले हामी अघि बढिरहेका छौं”, रुसलान एफएमका प्रमुख मार्केटिङ अधिकृत, बैभव शर्माले भने ।

बिहान ६ बजे बाट राति १२ बजे सम्म सञ्चालन हुने रुसलान एफएम ९५.२ मा बिहान ६ देखि ८ बजे सम्म “वर्क आउट बिट्स”, बिहान ८ देखि ११ बजे सम्म “रश आवर बिट्स”, बिहान ११ देखि दिउँसो ४ बजे सम्म “चिल बिट्स”, दिउँसो ४ देखि बेलुकी ७ बजे सम्म “इन ट्रेण्ड” र बेलुकी ७ देखि राती १२ बजे सम्म “भाइब्रेन्ट बिट्स” गरी ५ फरक विधाका कार्यक्रमहरुमा विभिन्न सङ्गीत सुन्न सकिने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार