छात्रवृत्तिमा एमबिबिएस भर्ना गरिदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

छात्रवृत्तिमा एमबिबिएस भर्ना गरिदिने भनेर १७ लाख ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिने भन्दै ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय अछामले मंगलसेन नगरपालिका–२ बस्ने चक्रबहादुर बिकलाई बुधबार पक्राउ गरेको थियो । उनले आफूलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा कार्यरत एमबीबीएस–एमएस कन्सलटेन्ट न्यूरो सर्जन डा. दीपक बिसी भनेर परिचय दिने गरेको अनुसन्धानबाट खुलेको छ।

बिकले छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा ३० लाख रूपैयाँ लिएर भर्ना गरीदिने विश्वासमा पारी पीडितबाट पटक पटक गरी १७ लाख रूपैयाँ ठगेको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार