गुडिरहेको कारमा आगलागी

बारामा गुडिरहेको कारमा आगलागी भएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका–१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२–०२–००१ च०१६५ नम्बरको कारमा आगलागी भएको हो ।

आगलागीबाट कारमा पूर्ण रुपमा क्षति पुगेको छ। प्रहरीका अनुसार कार जलेर नष्ट भए पनि मानवीय क्षति भने भएन । कारको वायर सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

लालबन्दीबाट हेटौंडा जाँदै गरेको कारमा आज बिहान ५स्३० बजे अचानक आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीयको सहयोगले ६ ०० बजे आगो नियन्त्रणमा लिइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार