युवकको हत्या गरी खोलामा फालेको आरोपमा २ जना पक्राउ

काठमाडौंमा युवकको हत्या गरी शव खोलामा फालेको आरोपमा २ जना पक्राउ परेका छन्। उपत्यका प्रहरी अपराध महाशाखाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका ८ बराम्चेका ३५ वर्षीय जीवन भन्ने कान्छा तामाङको हत्या अभियोगमा २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुर बाग्मती गाउँपालिका ६ फापरबारी सानो कायरका ठोकर कान्छा भन्ने कान्छामान ठोकर र ललितपुर गोदावरी नगरपालिका ६, लेलेकी गायत्री नगरकोटी छन्। उनीहरुले बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसरभित्र रहेको भवनभित्र हत्या गरी जीवनको शव विष्णुमती खोलामा फालेको आरोप छ।

वैशाख २८ गते हत्या गरेर तन्ना र खरानी रङको म्याट्रिसले बेरेर दक्षिणकालीस्थित पावरहाउस नजिकै खोलामा फालेका थिए। जेठ ५ गते शव फेला परेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार