मनोज पाण्डेले ‘बलात्कार प्रयास’ गरेको भन्दै थप दुई युवती प्रहरी सम्पर्कमा

सौन्दर्य प्रतियोगिताको आयोजना गरी किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डे विरुद्ध थप दुई युवतीहरु प्रहरी सम्पर्कमा पुगेका छन् ।

आइतबार थप दुईजना पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गरेर आफूपनि पाण्डेबाट पिडित भएको बताएका छन् । अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतका अनुसार पछि सम्पर्कमा आएका दुईजना पीडितले पाण्डेले उनीहरुलाई ‘बलात्कार प्रयास’ गरेको दावी गरेका छन् ।

भैरहवा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए ।प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौंको एभरेष्ट होटलमा आफूलाई पाण्डेले बलात्कार गरेको भन्दै एकजना पिडित युवतीले सामाजिक संजालमा भिडीयोमार्फत आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

मनोज पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै अर्की युवती पनि पुगिन् प्रहरीमा

 

 

ब्युटी प्याजेन्ट बलात्कार घटनाः कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार