डोटीमा बस दुर्घटना हुँदा १३ जना घाइते, एक बालक बेपत्ता

डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा बस दुर्घटना भएको छ । दुर्घटनामा एकजना बालक बेपत्ता भएका छन् । १३ जना घाइते भएका छन् ।

कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस शनिबार बिहान ५ बजेतिर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीकाअनुसार दुर्घटनामा अछाम चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजन शाही बेपत्ता छन् ।

बस सेती नदीको किनारमा पुगेका कारण बालक नदीमा बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा परी बस सहचालकसहित ३ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइतेहरुलाई धनगढी रिफर गरिएको भट्टले जानकारी दिए । ८ जना सामान्य घाइते भएका छन् । बस चालक फरार छन् । उनको खोजी भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार