बादल एमालेबाट राष्ट्रियसभाका लागि उमेदवार बन्ने

बालुवाटारबाटै हेलिकप्टर चढेर सिधै हेटौंडा पुगे

राष्ट्रिय सभाको लागि जेठ ६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका लागि हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न बादल हेलिकोप्टरबाट शुक्रबार बिहान हेटौंडा पुगेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलपछि बालुवाटारबाटैहेलिकप्टर चढेर सिधै मकवानपुरको हेटौंडा पुगेका हुन् ।

उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले संघीयताविज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन्। उम्मेदवारको नामावली आजै प्रकाशन गर्ने तयारी छ।

राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका रामबहादुर थापा बादलको ठाउँमा उपनिर्वाचन हुने भएको हो । २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट थापा यो क्षेत्रबाट निर्वाचित भएका थिए । पछि नेकपा एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेकाले आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायमै रहेको अवस्थामा कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ। सोही अनुसार निर्वाचन हुन् लागेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार