रेम्डिसिभिरमा कालोबजारी गरेको आरोपमा एक जना पक्राउ

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धराबाट एक जनालाई पक्राउ गरेको छ । २४ हजार रुपैयाँ पर्ने रेम्डिसिभिर औषधी १ लाख २० हजार रुपैयाँमा बिक्री गरेको आरोपमा प्रहरीले गोरखाका रफिक मियाँलाई पक्राउ गरेको हो ।

१ सेट (६ पिस) रेम्डिसिभिर १ लाख २० हजारमा खुला रूपमा बेच्दै गरेको अवस्थामा महानगरीय अपराध महाशाखाको टोलीले मियाँलाई पक्राउ गरेको हो । उनले त्रिवि शिक्षण अस्पताल (टिचिङ) को सेवक फर्माबाट औषधी लगेर खुला रूपमा बिक्री गर्ने गरेको खुलेको छ । रेम्डिसिभिर कोरोनाको उपचार गर्ने सीमित अस्पताललाई मात्र दिइने गरिएको छ । उक्त फर्माले त्यो औषधी कसरी ल्यायो भन्ने खुल्न बाँकी रहेको महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार