नबिल बैंकका १४ नयाँ शाखा एकै दिनदेखि संचालनमा

नबिल बैंकले थप १४ नयाँ शाखा विस्तार गरेको छ । बैंकले देशभरका विभिन्न ठाउँमा थप १४ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

बैंकले धुम्बाराही मालीगाउँ काठमाडौं, जितपुर बारा, दुबाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थली डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा गरी १४ नयाँ शाखाको एकैसाथ उद्घाटन गरेको छ ।

बैंकको धुम्बाराही मालीगाउँ शाखा बैंकको अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र काठमाडौं महानगरपालिका–५ का वडा अध्यक्ष रमेश डङ्गोलले संयुक्त रुपमा उद्घाटन गरे । साथै, बैंक संचालक आशा राणा अधिकारी र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले संयुक्त रूपमा गुसिंगाल शाखा, बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोज राज घिमिरेले संयुक्त रुपमा थलि डाँछी शाखा, बैंक सञ्चालक अनन्त पौड्याल र महालक्ष्मी नगरपालिका ललितपुरका मेयर (नगर प्रमुख) रामेश्वर श्रेष्ठले संयुक्त रुपमा इमाडोल शाखा, बैंकका सञ्चालक प्रविन टिबडेवाला र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईंले संयुक्त रुपमा दुवाकोट शाखाको उद्घाटन गरे ।

यसैगरी नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले संयुक्त रुपमा दहचोक शाखा, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मी र नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक श्रीमती रंजना पौडेल पण्डीतले संयुक्त रूपमा मुर्गिया र खैरेनी शाखा, नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोजकुमार ज्ञवाली र हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्राचार्य पुरन बहादुर जोशीले संयुक्त रुपमा चिसापानी शाखा, नबिल बैंकका प्रादेशिक प्रमुख– प्रदेश १ सुबोध लोहनी र नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका निर्देशक मीना पाण्डेले संयुक्त रुपमा पुष्पलाल चोक शाखाकाे उद्घाटन गरेका थिए ।

त्यसैगरी नबिल बैंकका प्रमुख सञ्चालन अधिकृत गणेशप्रशाद अवस्थी र नेपाल राष्ट्र बैंक, वीरगन्ज कार्यालयका निर्देशक राजन देव भट्टराईले संयुक्त रुपमा जितपुर शाखा, नबिल बैंकका प्रमुख व्यापार अधिकृत ज्ञानेन्द्र प्रताप शाह र नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालयका निर्देशक नीरा ताल्चाभडेलले संयुक्त रुपमा महेन्द्रनगर र ढल्केबर शाखा, तथा नबिल बैंकका अन्तर्राष्ट्रिय व्यापार तथा रणनीतिक विस्तार प्रमुख आर्दश बजगाइ र रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापाले संयुक्त रूपमा झुम्का शाखा कार्यालयको उद्घाटन गरे ।

बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै समयमा १४ नयाँ शाखाको उद्घाटन गर्ने कार्यक्रम तय गरेको  थियो ।

बैंकले विगत ३७ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको बैंकको नयाँ शाखाहरूले ग्राहकहरुलाई पूर्णरूपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान विज्ञप्तिमा उल्लेख छ । बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ । बिहीबार उद्घाटन भएका १४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १ सय ४८ पुगेको छ ।

हाल बैंकले १ सय ८८ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दैै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार