कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले खनाललाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो ।

कुमारी बैंकमै डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका खनाल मंगलबारबाट ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत बनेका हुन् ।

कुमारी बैंकले माघ २४ मा खनाललाई कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको थियो ।

तत्कालिन कामू सीइओ रहेका अनुजमणि तिमिल्सिना र डेपुटी सीइओ मनिष तिमिल्सिना स्वेच्छिक अवकास लिएर बाहिरिएका थिए ।

चार्टर्ड एकाउन्टेन खनाल बैंकिङमा अब्बल मानिन्छन् । खनाल ३९ वर्षको उमेरमै वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका छन् । खनाल सम्भवतः वाणिज्य बैंकहरुका कान्छा सीईओ हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार